संक्षिप्त परिचय

-सप्तरी नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो । कुनै समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । एकान्वे गाविस र पाँच एक नगरपालिका रहेको यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा आफ्नो इच्छाअनुसार क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । विभिन्न धर्मावलम्बीहरू एक आपसमा भाइचारा एवम् सामाजिक सद्भावका साथ पुस्तौंदेखि बस्दैआएका छन् । समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागले ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । यस जिल्लालाई ६ ओटा निर्वाचन क्षेत्र र १७ ओटा इलाकामा विभाजन गरिएको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये पुरूष १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको कुल जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ छ । कुल जनसङ्ख्याको ४८.५ प्रतिशत मात्र पुरूष रहेको छ भने महिलाको जनसंख्या ५१.५ प्रतिशत जनगणनाको तथ्याङ्कले देखाएको छ । नेपालको कुल वृद्धि दर १.३५ रहेको छ । नेपाली भाषा बोल्ने १ करोड १८ लाख २६ हजार ९ सय ५३, मैथिली ३० लाख ९२ हजार ५ सय ३०, थारू १५ लाख २९ हजार ८ सय ७५, हिन्दी ७७ हजार ५ सय ६९ र उर्दू ६ लाख ९१ हृजार ५ सय ४६ जना पाइएको छ । तर्राईमा मात्रै नेपाली ३४ लाख ९४ हजार ७ सय १०, मैथिली ३० लाख ०४ हजार २ सय ४५, भोजपुरी १५ लाख ४२ हजार ३३ हजार ३, थारू १४ लाख ७९ हजार १ सय २९, अवधी ५ लाख ६ सय ७, हिन्दी ४६ हजार ९ सय ३३ र उर्दु ६ लाख ७१ हजार ८ सय ५१ जनाले मातृभाषाको रूपमा प्रयोग गर्दैआएका छन् ।
थप पढ्नुहोस्

बजेट तथा कार्यक्रम

नमुना फारमहरू

सार्वजनिक खरिद / बोलपत्र

बिल सार्वजनिकिकरण

Skip to toolbar