सप्तरी जिल्लाको जिल्ला दररेट २०७४/०७५ जि.वि.स. एवं सरकारी तथा गैर सरकारी निकायबीच समन्वय बैठक बस्ने बारे जिल्ला विकास समिति, सप्तरीको सूचना … सामाजिक सुरक्षा फाराम (अनुसूची–७, ८, ९ र १०) गैरसरकारी संस्थाहरुले कार्यक्रम पेश गर्ने फारामको ढाँचा, २०७४/२०७५ निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरगत उपभोक्ता समिति एवं अनुगमन समिति बनाउने सूचना (क्षेत्र नं.–४, १) आ.व. २०७४/०७५ को लागि वार्षिक जिल्ला विकास योजना तर्जुमाको कार्ययोजना तालिका … मूल्याँकनकर्ताको छनौट बारेको सूचना … इलाका स्तरीय योजना तर्जुमा गोष्ठीको कार्य तालिका, आ.व. २०७४/०७५ आ.व. २०७३/०७४ का लागि दोश्रो पटक प्रकाशित आन्तरिक कर दस्तुर उठाउने ठेक्का सम्बन्धी सूचना … आ.व. २०७४/०७५ का लागि जि.वि.स. सप्तरीबाट गरिने सहभागितामूलक ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीको कार्य तालिका …

संक्षिप्त परिचय

सप्तरी नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो । कुनै समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । एकान्वे गाविस र पाँच नगरपालिका रहेको यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा आफ्नो इच्छाअनुसार क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । विभिन्न धर्मावलम्बीहरू एक आपसमा भाइचारा एवम् सामाजिक सद्भावका साथ पुस्तौंदेखि बस्दैआएका छन् ।
समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागले ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । यस जिल्लालाई ६ ओटा निर्वाचन क्षेत्र र १७ ओटा इलाकामा विभाजन गरिएको छ ।
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये पुरूष १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको कुल जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ छ । कुल जनसङ्ख्याको ४८.५ प्रतिशत मात्र पुरूष रहेको छ भने महिलाको जनसंख्या ५१.५ प्रतिशत जनगणनाको तथ्याङ्कले देखाएको छ । नेपालको कुल वृद्धि दर १.३५ रहेको छ ।
नेपाली भाषा बोल्ने १ करोड १८ लाख २६ हजार ९ सय ५३, मैथिली ३० लाख ९२ हजार ५ सय ३०, थारू १५ लाख २९ हजार ८ सय ७५, हिन्दी ७७ हजार ५ सय ६९ र उर्दू ६ लाख ९१ हृजार ५ सय ४६ जना पाइएको छ । तर्राईमा मात्रै नेपाली ३४ लाख ९४ हजार ७ सय १०, मैथिली ३० लाख ०४ हजार २ सय ४५, भोजपुरी १५ लाख ४२ हजार ३३ हजार ३, थारू १४ लाख ७९ हजार १ सय २९, अवधी ५ लाख ६ सय ७, हिन्दी ४६ हजार ९ सय ३३ र उर्दु ६ लाख ७१ हजार ८ सय ५१ जनाले मातृभाषाको रूपमा प्रयोग गर्दैआएका छन् ।
सप्तरी जिल्लाको कुल घरधुरी सङ्ख्या १ लाख २१ हजार ९८, जनसङ्ख्या ६ लाख ३९ हजार २ सय ८४ मध्ये पुरूष ३ लाख १३ हजार ८ सय ४६ र महिला ३ लाख २५ हजार ४ सय ३८ रहेको छ । जसमध्ये हिन्दु ४ लाख ५८ हजार ८१, इस्लाम ५७ हजार ४ र बौद्ध धर्मावलम्वी २९ हजार ९ सय ५ पाइएको छ । प्रतिशतको हिसावले हिन्दु ८५.७ प्रतिशत, मुस्लिम ८.९ प्रतिशत र बुद्ध धर्म मान्नेहरू ४.७ प्रतिशत रहेको  छ ।
पाच वर्षेखि माथिको जनसंख्या ५ लाख ७६ हजार २७ देखाइएको छ । कुल जनसङ्ख्या मध्ये लेखपढ गर्न सक्ने -साक्षर) ३ लाख १३ हजार ९ सय २४ रहेको छ । अर्थात् सप्तरी जिल्लाको साक्षरता प्रतिशत ५४.५ रहेको छ । यस जिल्लामा १ लाख ८८ हजार ५ सय ३९ जना पुरूष र १ लाख २५ हजार ३ सय ८५  जना महिला साक्षर रहेका छन् । प्रतिशतको हिसावले पुरूष साक्षरता ६० र महिला साक्षरता ४० रहेको छ । लेखपढ गर्न नसक्ने २ लाख ४४ हजार १ सय ९२ जना रहेकोले कुल निरक्षर प्रतिशत ४२.४ रहेको तथ्याङ्कले देखाएको छ । यस जिल्लामा कुल निरक्षरमध्ये पुरूष ८४ हजार ५ सय ५ जना र महिला १ लाख ५९ हजार ६ सय ८७ जना रहेका छन् । प्रतिशतको हिसावले पुरूष ३४.६ र महिला ६५.७ प्रतिशत निरक्षर रहेको छ । – राष्ट्रिय जनगणना, २०६८) ।
अन्नको भण्डार मानिने यस जिल्ला भएर पूर्वमा सप्तकोशी नदी र पश्चिममा बलान नदी बगेको छ । यी नदीहरूले मिथिलाञ्चलको शान बढाउनुका साथै जिल्लाको सीमाना समेत छुट्याएका छन् । त्यसो त वि.सं. २०२२ साल अघिसम्म सप्तरी जिल्लाको सीमाना सुनसरीको लौकहीसम्म र पश्चिममा कमला नदीसम्म पर्दथ्यो । वि.सं. २०२२ सालमा राजनीतिक विभाजनका कारण हाल सुनसरीमा पर्ने कुशहा, हरिपुर, शोभनपुर, मधुवन र श्रीपुरका साथै कोशी टप्पु वन्यजन्तु आरक्षण समेतलाई अलग-अलग पार्ने काम भएको हो । यता हालको कमला नदीदेखि पूर्वको महत्त्वपूर्ण चार प्रगन्ना सिराहा जिल्लामा गाभिएको हो । यद्यपि सप्तरी जिल्लाको हालको सीमाना पूर्वमा सप्तकोशी नदी, पश्चिममा बलान नदी, उत्तरमा उदयपुर र दक्षिणमा भारतको सहषर्ा र मधुवनी जिल्ला पर्दछ ।

सप्तरी जिल्लाको यो भू-भाग प्राचीन अवस्थामा विदेह -मिथिला) राज्य अर्न्तर्गत पर्दथ्यो । आर्य संस्कृतिको उद्भव स्थलको रूपमा परिचित सप्तरीको बनौलीमा मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षम्म निर्वासित जीवन बिताएका थिए । पुरादित्य राजाको बनौली स्थित  दरबारमा राजा शिव सिंहकी पत्नी लखिमा देवीका साथ महाकवि विद्यापति बसेको तथ्य इतिहासमा उल्लेख छ । विद्यापतिको गुणवताबाट प्रसन्न भएर पुरादित्य राजाले इ.सं. १४०८ मा लिखनावली लेख्न लगाएका थिए । उक्त ग्रन्थमा राजकाज सञ्चालन सम्बन्धी विषयवस्तुहरू समावेश गरिएको थियो । त्यसो त सप्तरी जिल्लामा विभिन्न समयमा राजा महाराजाहरूको निवास तथा आश्रय स्थल रहेको कुरा इतिहासमै उल्लेख छ । चुरे क्षेत्रमा चन्द्रवंशी राजाहरूको दरबार, खोक्सर प्रवाहाको कनकपट्टी दरबार, मानराजाको मानराजा गढी, छिन्नमस्ताको सखडेश्वरी भगवती, राजविराजको राजदेवी भगवती, भारदहको कंकालिनी भगवती, शम्भुनाथको शम्भुनाथ मन्दिर, मरौटीको कृष्णाराम, कटैयाको दिनाभद्री, रूपनगरको विष्णु मन्दिर, हनुमाननगरको हनुमान मन्दिर सहितका धार्मिक स्थल एवम् अवशेषहरूले सप्तरी जिल्लाको ऐतिहासिकताबारे पुष्टि गर्दछन् ।

सप्तरी जिल्लाको नामाङ्करणको बिषयमा केलाउनु पर्दा सप्त र तरी गरी दुइटा शब्दले बनेको छ । सप्तको अर्थ सात तरीको अर्थ वन । सातवटा वनको श्रृङ्खला रहेका कारण सप्त तरी भन्दा भन्दै सप्तरी भनिन थालिएको हो । -मण्डल मुक्तिनाथ, सप्तरी दर्पण, पृष्ठ ४)  त्यसो त महाकवि विद्यापति लिखित लिखनावलीमा समेत सप्तरी जनपद भनी उल्लेख गरिएको छ ।
यो क्षेत्रमा सप्तऋषि मुनिहरूको वासस्थल रहेकोले सप्तरी रहन गएको हो भन्ने नामाङ्करणको विषयमा अर्को मत पाइएको छ । सप्तकोशी नदीको बाढीले वर्षोनी धेरै दुःख दिने गरेकोले सप्तकोशीलाई सात शत्रु अथवा सप्त-अरीको अपभ्रंस भई सप्तरी रहन गएको हो । -पृष्ठ १०,११ दास हरिकान्त) ।
विश्वको सर्वोच्च शिखर सगरमाथा अञ्चलको सदरमुकाम सप्तरीको राजविराजमा पर्दछ भने जिल्लाको सदरमुकाम समेत राजविराज नै हो । नेपालको हरेक राजनीतिक परिवर्तनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको यो जिल्लामा आन्तरिक तथा वाह्य पर्यटनका सम्भावनाहरू पर्याप्त रहेको देखिन्छ ।


Skip to toolbar